Sunday, June 12, 2011

नेपालको पहिलो साइन्स फिक्सन उपन्यास ‘जिरो कटेज’ विमोचित


Posted by: KaKhaRa Admin (12 June 2011, Sunday)



गत विहिबार एउटा फरक धारको उपन्यास ‘जिरो कटेज’को विमोचन भयो । कार्यक्रममा प्रा. डा. मोहनराज शर्मा प्रमुख अतिथि, प्रा. डा. गोविन्दराज भट्टराई विशिष्ट अतिथि, धीरकुमार श्रेष्ठ अतिथि हुनुहुन्थ्यो । उहाँहरु तिनैजनाले उपन्यासको बारेमा टिप्पणी गर्नभएको थियो । मोहनराज शर्माले साइबर जगत, त्यसमा प्रयोग हुने भाषा, पात्रपात्राहरुको जानकारी गराउनु भएको थियो । गोविन्दराज भट्टराईले यो नेपाली भाषामा प्रकाशित नौलो उपन्यास हो भन्नुभयो । साइबर सोधकर्ताहरूको लागि ‘जिरो कटेज’ माईलस्टोनका रूपमा रहने विचार उहाँले व्यक्त गर्नुभयो । धीरकुमार श्रेष्ठले किताबमा लेखिएको भुमिकाको चर्चा गर्नुभयो । मोहनराज शर्माले लेखेको भूमिका साहित्य जगत्मा नौलो भएको उहाँले बताउनु भयो । ठिक समयमा सुरु भएको कार्यक्रम सकिएपछि पनि अतिथिहरुको आगमन भइरहेको थियो ।

कखरा संस्थाको प्रकाशन शाखा ‘कखरा किताब’द्वारा प्रकाशित उपन्यासको मूल्य १५० रुपैंया रहेको छ । उपान्यास बजारमा उपल्वध छ ।


For more updates and details:

'Zero Cottage' page in Facebook: http://tinyurl.com/3wc8h42
'KaKhaRa Kitab' page in Facebook: http://tinyurl.com/3dfj5u9


No comments: